माछापुच्छ्रे बैंकमा अध्यक्षको जिम्मेवारी रोशन केसीलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकमा अध्यक्षको जिम्मेवारी रोशन केसीलाई



काठमाडौँ । माछापुच्छ्रे बैंकमा अध्यक्षको जिम्मेवारी रोशन केसीलाई दिईएको छ । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले केसीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । कम्पनीको अध्यक्ष डा. उपेन्द्र महतोले राजीनामा दिएसँगै सो जिम्मेवारी केसीलाई नियुक्त गरेको हो ।

केसी विगत ९ वर्ष देखि बैंकमा आबद्ध भई २०७४ वैशाख १४ देखि २०७५ पुष २० यसै बैंकका अध्यक्षमा रहेका थिए । हाल अध्यक्षमा नवनियुक्त हुनु अघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए । साथै उनी एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो , कन्स्ट्रक्सन , बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहदैँ आएका छन् ।

प्रकाशित : ७ मंसिर २०८०, बिहीबार १८:३४