नेचुरल साकोस उत्कृष्ट करदाताको रुपमा सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेचुरल साकोस उत्कृष्ट करदाताको रुपमा सम्मानित



काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय कर दिवस २०८० को अबसरमा सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय, जोरपाटीबाट आर्थिक वर्ष २०७८/०७९ बैंक तथा वित्तीय संस्थाबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने संस्थाको रुपमा नेचुरल सहकारी सम्मानित भएको हो ।

आन्तरिक राजस्व कार्यालय, जोरपाटीले आज एक कार्यक्रमको बीच संस्थाका प्रमुख कायकारी विकल्प पाठकलाई सम्मान पत्र हस्तान्तरण गरेको हो ।

आर्थिक वर्ष २०७९/८० मा संस्थाको सेयर पुँजी १७ करोड ८ लाख रहेको छ । त्यस्तै १ अर्ब ७७ करोड बचत संकलन, २ अर्ब ९ करोड ७५ लाख ऋण लगानी र १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले त्यस अवधिमा २ अर्ब ६६ करोड ५६ लाख कुल कारोबार गर्न सकेको छ । संस्थाको जगेडा तथा अन्य कोषमा २५ करोड ४२ लाख र स्थिर सम्पत्ति २१ करोड ५३ लाख छ ।

प्रकाशित : ७ मंसिर २०८०, बिहीबार १८:२२