नबिल बैंककाे लाभांश घोषणा, नगद मात्रै दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नबिल बैंककाे लाभांश घोषणा, नगद मात्रै दिने



काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट नगद लाभांश मात्रै दिने घोषणा गरेको छ। बैंकको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जानकारी गराएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा भने यस बैंकले १८.५० प्रतिशत बोनस सेयर र ११.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : ७ मंसिर २०८०, बिहीबार १०:५९