महाकाली साकाेसकाे यस्ताे छ वित्तिय अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

महाकाली साकाेसकाे यस्ताे छ वित्तिय अवस्था



काठमाडौं । महाकाली बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को कार्तिक महिनाको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा संस्थाको कुल सम्पत्ति १२ करोड ५६ लाख नाघेको छ ।

यस अवधिसम्म आइपुग्दा संस्थामा २१.३५ प्रतिशत अर्थात दुई करोड ४३ लाख ८८ हजार रुपैंया तरलता रहेको छ । साथै, संस्थाको शेयर पुँजी चार करोड ३० लाख रुपैयाँ रहेको छ भने कुल बचत सात करोड १२ लाख २३ हजार रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा १८ लाख ८८ हजार रहेको छ । साथै, अन्य कोषमा भने ३१ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

कुल नौं करोड २४ लाख ६८ हजार रुपैँया ऋण लगानी गरेको सहकारी संस्थामा २९१ जना शेयर सदस्य र ५२ जना ऋणी सदस्य संख्या रहेका छन् ।

प्रकाशित : ६ मंसिर २०८०, बुधबार १६:४१