राष्ट्रिय सभा निर्वाचनका लागि नयाँ मतभार कायम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थ राजनीति

राष्ट्रिय सभा निर्वाचनका लागि नयाँ मतभार कायम



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नयाँ मतभार तोकेको छ ।

आयोगले बुधबार प्रदेश सभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष र उपाध्यक्षको नयाँ मतभार तोक्ने निर्णय गरेको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले बताए ।

फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको पदावधि सकिँदैछ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार पद रिक्त हुनुभन्दा ३५ दिन अघि नै निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

मतभार कायम गर्दा पछिल्लो राष्ट्रिय जनगणनाअनुसार कूल जनसंख्यालाई आधार मानेर कायम गर्ने प्रावधान छ ।

हालै राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक भएकाले त्यसबमोजिम मतभार तोकिएको हो ।

उक्त प्रतिवेदनअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम गरिएको हो ।

यसअघि प्रदेश सभा सदस्यको मतभार ४८ थियो । यस्तै प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षको १८ थियो ।

प्रकाशित : ६ मंसिर २०८०, बुधबार १६:२८