बैंकिङ्ग प्रणालीमा अधिक तरलता, बजारबाट १० अर्ब तान्दै केन्द्रीय बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकिङ्ग प्रणालीमा अधिक तरलता, बजारबाट १० अर्ब तान्दै केन्द्रीय बैंक



काठमाडौं। नेपाल राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । सात दिने अवधिका लागि सार्वजनिक बोलकबोल (प्रतिस्पर्धात्मक प्रणाली) मार्फत् केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ सापट लिन लागेको हो ।

इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय सस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

साँवा र ब्याज भुक्तानी मिति मंसिर १३ गते निर्धारण भएको छ । ब्याजदर भने बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ ।बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

प्रकाशित : ६ मंसिर २०८०, बुधबार १४:३८