पहिलो त्रैमासमा करिब एक खर्ब आन्तरिक ऋण परिचालन गरेको सरकारले दोस्रो त्रैमासमा ३१ अर्ब उठाउने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पहिलो त्रैमासमा करिब एक खर्ब आन्तरिक ऋण परिचालन गरेको सरकारले दोस्रो त्रैमासमा ३१ अर्ब उठाउने तयारी



काठमाडौं । नेपाल राष्ट्र बैकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्ममा) ३१ अर्ब मात्रै आन्तरिक ऋण परिचालन गर्ने भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब एक खर्ब आन्तरिक ऋण परिचालन गरेको सरकारले दोस्रो त्रैमासमा सो बराबरको ऋण परिचालन गर्ने भएको हो ।

आन्तरिक ऋण बोलकबोल तालिका अनुसार दोस्रो त्रैमासमा ट्रेजरी बिल मार्फत १० अर्ब र विकास ऋणपत्र मार्फत २१ अर्ब आन्तरिक ऋण परिचालन हुनेछ । चालु आर्थिक वर्षमा सरकारले दुइ खर्ब ४० अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । प्रथम त्रैमासमा ९७ अर्ब ३१ करोड आन्तरिक ऋण बोलकबोल भइसकेको केन्द्रीय बैंकले जनाएको छ ।

खुला बजार सञ्चालन समितिको परिमार्जित बोलकबोल तालिका अनुसार तेस्रो त्रैमासमा ४७ अर्ब ६९ करोड र अन्तिम त्रैमासमा ६४ अर्ब आन्तरिक ऋण बोलकबोल गर्ने भएका छ।

यस्तै १० अर्बको ट्रेजरी बिल मध्ये ४ मंसिरमा तीन अर्बको ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल भइसकेको छ । २५ मंसिरमा १८२ दिन अवधिको चार अर्बको र २३ पुसमा पनि १८२ दिन अवधिको तीन अर्बको ट्रेजरी बिल बोलकबोल हुने भएको हो ।

प्रकाशित : ६ मंसिर २०८०, बुधबार १४:२०