अभियान लघुवित्तको नाफामा ब्रेक, अन्य सूचक कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अभियान लघुवित्तको नाफामा ब्रेक, अन्य सूचक कस्तो ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म अभियान लघुवित्त वित्तिय संस्थाले २ करोड ८३ लाख ५८ हजार रुपैयाँ नोक्सानी व्यहोर्न परेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी ४०.९९ प्रतिशतले घटेर १ करोड १२ लाख १० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ८९ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।

यसअवधिमा सञ्चालन नोक्सानी पनि बढेको छ । अघिल्लो वर्ष १ करोड ७१ लाख १० हजार रुपैयाँ रहेको सञ्चालन नोक्सानी यो वर्ष २ करोड ८३ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २५ करोड रुपैयाँ छ । खराब कर्जा २.६९ प्रतिशतले बढेर ६.८८ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ३३ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ ६० पैसा छ ।

प्रकाशित : ५ मंसिर २०८०, मंगलवार १४:३८