भिजन लुम्बिनी ऊर्जाको आईपीओ बाँडफाँट, कतिले पाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

भिजन लुम्बिनी ऊर्जाको आईपीओ बाँडफाँट, कतिले पाए ?



काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ बाडफाँट गरेको छ । मंगलबार बिहान बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले कम्पनीको कार्यालयमा आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले कात्तिक १६ गतेदेखि २० गतेसम्म २० लाख ७५ हजार २८५ कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । कम्पनीको आईपीओ २ लाख ७ हजार ५२८ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् ।

साथै पाँच जनालाई ११ कित्ता परेको छ । ९ लाख ४९ हजार ३९९ जना आवेदकको भने हात खाली भएको छ। लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, भिजन लुम्बिनी उर्जाको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट https://iporesult.cdsc.com.np/ पनि रिजल्ट हेर्न सकिन्छ ।

कम्पनीले कास्की जिल्लामा २५ मेगावाट क्षमताको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अुनमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : ५ मंसिर २०८०, मंगलवार १२:४२