अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए बैठक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए बैठक



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको विषयमा छलफलको आयोजना गरेका छन् ।

छलफलमा अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा केन्द्रित हुने जनाइएको छ । प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरूलाई अपराह्न ४ बजे छलफलमा बोलाएको निजी सचिवालयले जनाएको छ ।

आन्तरिक छलफल भएकोले मिडिया बाेलाइएकाे छैन । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा हुने निजी सचिवालयले जनाएको छ ।

प्रकाशित : ४ मंसिर २०८०, सोमबार १३:४५