बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा २०० रुपैयाँले बढेर प्रतितोला एक लाख १५ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि आइतबार छापावाल सुनको मुल्य प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला एक लाख १४ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मुल्य भने आजपनि स्थिर रहेको छ । सोमबार चाँदीको मुल्य प्रतितोला एक हजार ४५० रुपैयाँ कायम रहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित : ४ मंसिर २०८०, सोमबार ११:४५