नेपाल एसबिआई बैंकको १०.५५ प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल एसबिआई बैंकको १०.५५ प्रतिशत लाभांश घोषणा



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकको मंसिर १ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १०.५५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सोमध्ये ३.७५ प्रतिशत बोनस सेयर रहेको छ भने ६.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ। मंसिर १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित : ४ मंसिर २०८०, सोमबार ११:३६