लाभांश पारित गर्ने एजेण्डा सहित ग्लोबल आइएमई बैंकले डाक्याे वार्षिक साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लाभांश पारित गर्ने एजेण्डा सहित ग्लोबल आइएमई बैंकले डाक्याे वार्षिक साधारण सभा



काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले मंसिर २८ गते १७ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १ प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथैचालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १३ गते बुकक्लोज गर्ने भएको हुँदा मंसिर १२ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन्।

प्रकाशित : ४ मंसिर २०८०, सोमबार ११:३१