सानिमा रिलायन्स लाइफको नाफामा १२८ प्रतिशत वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिमा रिलायन्स लाइफको नाफामा १२८ प्रतिशत वृद्धि



काठमाडाै । सानिमा रिलायन्स लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ११ करोड ८ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १२८.३८ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो । यसको उक्त आम्दानी १३ करोड ५७ लाखबाट बढेर ३७ करोड २ लाख रुपैयाँ पुगेको छ ।

यसको कुल दावी भुक्तानी ५३ करोड ८२ लाख रुपैयाँ रहेको छ । गत वर्ष १५ करोड २८ लाख रुपैयाँ थियो । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा ८२ करोड ४६ लाख रुपैयाँ रहेको छ । यसको ग्रस इन्सुरेन्स कन्ट्याक्ट लियाबलिटिज् (जीवन बिमा कोष) ११ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । असोजसम्म कम्पनीले १ अर्ब ४३ करोड २६ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा १६०.८७ प्रतिशतले धेरै हो । गत वर्ष यसले ५४ करोड ९१ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ ६० पैसा छ । प्रतिसेयर नेटवर्थ भने १२२ रुपैयाँ ७६ पैसा रहेको छ ।

प्रकाशित : १ मंसिर २०८०, शुक्रबार १२:१८