सुनको मुल्य तोलामा २३ सय रुपैयाँले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा २३ सय रुपैयाँले बढ्यो



काठमाडौं । शुक्रबार सुनको मुल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ हजार ३०० रुपैयाँले बढेर १ लाख १५ हजार ५०० रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, कात्तिक २७ गते छापावाल सुनको मुल्य प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख १२ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, शुक्रबार चाँदीको मुल्यमा पनि उछाल आएको छ । चाँदी ९० रुपैयाँले बढेर शुक्रबार प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि कात्तिक २७ गते भने चाँदीको मुल्य १ हजार ३६० रुपैयाँ निर्धारण भएको थियो ।

प्रकाशित : १ मंसिर २०८०, शुक्रबार १२:१०