शिखर इन्स्योरेन्सकाे खुद नाफा १.३३ प्रतिशतले बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शिखर इन्स्योरेन्सकाे खुद नाफा १.३३ प्रतिशतले बढ्याे



काठमाडौं। शिखर इन्स्योरेन्सले पहिलो त्रैमाससम्ममा ११ करोड २४ लाख रूपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। गत आवको तुलनामा सो नाफा १.३३ प्रतिशतले बृद्धि भएको हो ।

कम्पनीले गत आवको यस अवधिसम्ममा ११ करोड ९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । कम्पनीको कुल आम्दानी ५६ करोड २२ लाख रूपैयाँभन्दा बढी छ भने कुल खर्च ४० करोड ६७ लाख रूपैयाँभन्दा बढी छ ।

कम्पनीको विशेष सञ्चित कोषमा १ अर्ब ५६ करोड रूपैयाँभन्दा बढी छ । कम्पनीको रिटेन्ड अर्निङ ३३ करोड रूपैयाँभन्दा बढी छ भनेअन्य इक्वीटीमा ५८ करोड ७८ लाख रूपैयाँभन्दा बढी छ ।

कम्पनीको बीमा कोषमा ४ अर्ब ९३ करोड रूपैयाँभन्दा बढी सञ्चित छ । कम्पनीले पहिलो त्रैमाससम्ममा २७ करोड ७८ लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । उक्त अवधिसम्म कम्पनीको कुल दाबी भुक्तानी १९ करोड ७९ लाख रूपैयाँभन्दा बढी छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १६.९४ रुपैयाँ छ । यसैगरी प्रतिसेयर नेटवर्थ १९९.२४ रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रूपैयाँ छ।

प्रकाशित : १ मंसिर २०८०, शुक्रबार ११:५७