निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे १० अर्ब ४४ करोडको बीमाशुल्क, कुनको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे १० अर्ब ४४ करोडको बीमाशुल्क, कुनको कति ?



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो त्रैमासमा १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ निर्जीवन बीमा कम्पनीले ६ लाख ८१ हजार बढी बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

असोज महिनामा मात्रै यी कम्पनीहरुले २ लाख ७२ हजार बीमालेख जारी ३ अर्ब ३६ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

प्राधिकरणका अनुसार यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी बीमाशुल्क आर्जन गरी पहिलो स्थानमा रहन सफल भएको छ । कम्पनीले ३ महिनाको अवधिमा १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको हो ।

यस्तै यसै अवधिमा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीको दोस्रो स्थानमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छ, यो कम्पनीले पछिल्लो ३ महिनामा १ अर्ब ६ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।

यस अवधिमा शिखर इन्स्योरेन्सले १ अर्ब ४ करोड १२ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९४ करोड ८३ लाख, आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सले ८६ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यस्तै यसै अवधिमा नेको इन्स्योरेन्सले ८४ करोड ३ लाख, यूनाइटेड अजोड इन्स्योरेन्सले ७० करोड १८ लाख, एनएलजी इन्स्योरेन्सले ६७ करोड ५५ लाख संकलन गरेका छन् ।

यस्तै सानिमा जिआइसी इन्स्योरेन्सले ५९ करोड ५४ लाख, प्रभु इन्स्योरेन्सले ५६ करोड ५८ लाख, राष्ट्रिय बीमा कम्पनीले ५५ करोड ४८ लाख, ओरिएण्टल इन्स्योरेन्सले ५२ करोड ५९, नेपाल इन्स्योरेन्स ३७ करोड ५२ लाख र नेशनल इन्स्योरेन्सले ३७ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै लघुबीमक दुई कम्पनीले भने पहिलो त्रैमासमा ९१ लाख ८९ हजार रुपैयाँको व्यापार गरेका छन् । नेपाल माइक्रो इन्स्याेरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २ हजार ९ सय ७२ वटा बीमालेख जारी गरी सो बराबरकाे शुल्क आर्जन गरेका हुन् ।

प्रकाशित : २३ कार्तिक २०८०, बिहीबार १७:२८