झिलिमिली हाटबजारमा चन्द्रागिरि साकोसको चिनी स्टल, ११५ रुपैया केजीमा उपलब्ध गराउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

झिलिमिली हाटबजारमा चन्द्रागिरि साकोसको चिनी स्टल, ११५ रुपैया केजीमा उपलब्ध गराउने



चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले झिलिमिली हाटबजारमा चिनीको स्टल राखेको छ । संस्थाले सदस्यहरुलाई सहुलियत दरमा चिनी उपलब्ध गराउने उदेश्यले चिनीको स्टल राखेको हो ।

तिहार नजिकिँदै गरेको परिप्रेक्ष्य र बजारमा चिनीको चरम अभाव रहेको अवस्थामा थोरै भएपनि राहत पु¥याउन सकियोस भन्ने उद्देश्यले चिनीको स्टल राखेको संस्था जनाएको छ । चन्द्रागिरि न.पा. वडा नं ६ र ७ तथा झिलिमिली हाट बजार व्यवस्थापन समितिसंगको समन्वयमा संस्थाले साकोसले चिनीको स्टल राखेको हो ।

सदस्यहरुले कार्तिक २३ गते देखि २५ गते सम्म उक्त स्टलमा गएर चिनी किन्न सक्ने संस्थाले जानकारी दिएको छ ।
सर्वसाधारणलाई प्रतिकेजी रु ११५ का दरले रु २ सय र ५सयको प्याकेटमा चिनी उपलब्ध उपलब्ध गराइने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले बताए । आवश्यक हुने सदस्य र सर्वसाधारणले चन्द्रागिरि साकोसको उक्त स्टलमा गएर चिनी खरिद गर्न सकिने उनको भनाई छ ।

प्रकाशित : २३ कार्तिक २०८०, बिहीबार १६:११