सिटिजन्स बैंकद्वारा विद्यालयलाई कप्युटर सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स बैंकद्वारा विद्यालयलाई कप्युटर सहयोग



काठमाडौ १८ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालको शिक्षा जगतमा टेवा पु¥याउने उद्देश्यले बर्दिया जिल्ला गुलरिया नगरपालिका वार्ड नं. ४ सिरकोइया स्थित श्री जानकी प्राथमिक विद्यालयलाई सामाजिक उत्तरदायित्व अन्तरगत भौतिक सहयोग स्वरुप १ थान कप्युटर वितरण गरेको छ ।

गुलरियामा आयोजित एक समारोहका बीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले १ थान कम्युटर उक्त विद्यालयका अध्यक्ष रामचन्द्र यादव र प्रधानध्यापक मुन्ना लाल यादव लाई हस्तान्तरण गरे ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता क्षेत्रहरुमा प्रत्येक वर्ष सहयोग पु¥याउदै आएको तथा भविष्यमा पनि बैंकले यस्तै सहयोग पु¥याउने जानकारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले दिए ।

प्रकाशित : १८ फाल्गुन २०७३, बुधबार ११:१२