ज्योति विकास बैंकद्वारा भूकम्प पीडितका लागि ५ लाख आर्थिक सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति विकास बैंकद्वारा भूकम्प पीडितका लागि ५ लाख आर्थिक सहयोग



काठमाडौं । ज्योति विकास बैंकले भूकम्प पीडितका लागि ५ लाख सहयोग गरेको छ । कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भई गत शुक्रबार गएको भूकम्पबाट पीडितहरुको उद्धार तथा सहयोगार्थ बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोटसँगको समन्वयमा पीडितहरुलाई आर्थिक सहयोग गरेको हो ।

बैंकले जाजरकोट जिल्ला प्रशासन कार्यालयको भूकम्प प्रभावित राहत कोषमा ५ लाख आर्थिक सहयोग गरेको विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।

उक्त रकम बैंकका तर्फबाट जाजरकोट शाखाका शाखा प्रबन्धक वीरेन्द्र बहादुर ऐडीद्वारा जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गरिएको हो ।

बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको जनाएको छ ।

प्रकाशित : २२ कार्तिक २०८०, बुधबार १२:००