काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले मंगलबार आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम अर्थमन्त्रीमार्फत् प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा हस्तान्तरण गरेको हो ।
कम्पनीले १० औं वार्षिकोत्सवको निर्धारित औपचारिक कार्यक्रम भूकम्प गएपछि उत्पन्न मानवीय हताहती एवं आर्थिक क्षतिका कारण स्थगित गरेको छ ।
वार्षिकोत्सवको अवसरमा भने कम्पनीले हालै रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा कम्पनीका सीईओसहित ६८ जनाले रक्तदान गरेका थिए ।
Comment