नेप्से १७ दशमलब ५१ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से १७ दशमलब ५१ अंकले बढ्यो



काठमाडौँ, १८ फागुन । चुनावको घोषण संगै ओरालो लागेको नेप्से आज धेरै दिन पछि १७ दशमलब ५१ अंकले बढेको छ । घटेर १ हजार २ सय ९९ मा आएको नप्से आज उकालो लागेको हो । आज कारोबार मा आएका सबै कम्पनीले कमाएका छन । धेरै दिन देखि घटिरहेको नेप्से हिजो प्रधानमन्त्रको सम्बोधन पछि, आज नेप्सेमा सकारात्मक परिवर्तन आएको देखिन्छ । आज कारोबारमा आएका १ सय ३२ कम्पनीमा फाइनान्स बाहेक अरु सबै समुहले कमाएका छन ।
आज सबै भन्दा धेरै बीमा कम्पनीले कमाएको छ बीमा समुह २ सय १४ दशमलव ७१ अंकले बडेको छ भने उत्पदन समुह ३० दशमलव ०९ अंकले बडेको छ । आज होटल समुह २६ दशमलव ९८, बैकिड. समुह १३ दशमलव ५२ , विकास बैक १५ दशमलव ३१, जलविधुत २ दशमलव ७९ र अन्य समुह ४ दशमलव ६२ अंकले बढेको छ । आज फाइनयास भने ० दसमलव ६५ अंकले घटेको छ । समग्रमा हेर्दा आज धैरै दिन पछि नेप्सेमा हरियालि छाएको छ । आज ६ लाख ५० हजार कित्ता सेयरबाट ३२ करोडको कारोवार भएको छ ।

प्रकाशित : १८ फाल्गुन २०७३, बुधबार १०:४३