कर्णालीका भूकम्प पीडितको साथमा सिटिजन लाइफ, विशेष सहायता कक्ष स्थापना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

कर्णालीका भूकम्प पीडितको साथमा सिटिजन लाइफ, विशेष सहायता कक्ष स्थापना

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । कर्णाली प्रदेशका दुई जिल्लामा भएको भूकम्पबाट प्रभावित बीमितहरुको राहतका लागी सिटिजन लाइफ इन्स्योरेन्सले विशेष सहायता कक्ष स्थापना गरेको छ। इन्स्योरेन्सले जीवन बीमा दाबी भुक्तानीका लागी यथाशिघ्र सेवा पुर्याउनका लागी जाजरकोट शाखा अन्तर्गत विशेष सहायता कक्ष स्थापना गरेको हो ।कम्पनीका अनुसार बीमा दाबी लगायतका आवश्यक सहयोग गर्नका लागी कर्णाली प्रदेश प्रमुख मुरली भण्डारीको स‌ंयोजकत्वमा कर्मचारी परिचालन गरिएका छन् । यसबाहेक घाइतेहरुको उद्धार र उपचारका लागी सहयोग पुर्याउन सहयोग गरि सकेको र थप मद्दत पुर्याउनका लागी सक्दो कदम चाल्ने प्रतिबद्धता समेत कम्पनीले व्यक्त गरेको छ।

प्रकाशित : २० कार्तिक २०८०, सोमबार १६:३८ 6 November, 2023 4:38 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।