काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले देउराली बहुउद्देश्यीय सहकारी संस्थाबाट ठगिएका बचतकर्तालाई प्रमाणसहित उपस्थित हुन आग्रह गरेको छ ।
सहकारीले ललितपुर, भक्तपुर र काठमाडौं जिल्ला भित्रका सहकारीका सेवा केन्द्रहरुका निक्षेपकर्ता सदस्यहरुले उक्त संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधी पुगीसकेपछी रकम फिर्ता नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरुले जाहेरी दरखास्त पेश गरेको जनाएको छ ।
उल्लेखित कसुर उपर मुद्धा दर्ता गरी व्यूरोबाट अनुसन्धान कार्य भईरहेकोले काठमाडौं र भक्तपुर जिल्ला भित्रका सेवा केन्द्रहरुमा निक्षेपकर्ता सदस्यहरुले जम्मा गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिहरु उपर प्रमाण सहित ब्यूरोमा यथाशिघ्र रितपुर्वकको जाहेरी दिन आग्रह गरेको छ ।
जाहेरि दिन व्यूरोको ०१-४५११७७६ नम्बर फोनमा सम्पर्क गर्न समेत ब्यूरोले अनुरोध गरेको छ ।
Comment