जनसचेतन साकोसको आम्दानी ६.२० प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जनसचेतन साकोसको आम्दानी ६.२० प्रतिशतले बढ्यो



दोलखा । बैतेश्वर गाउँपालिका ५ काब्रेमा केन्द्रीय कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति २ अर्ब नाघेको छ । गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म साकोसको कुल सम्पत्ति २ अर्ब २५ करोड ६० लाख ८७ हजार ३ सय ९३ रुपैँया पुगेको हो ।

यस अवधिमा संस्थाको शेयर पुँजी १६ करोड ६७ लाख २४ हजार ९ सय रुपैयाँ छ भने कुल बचत निक्षेप १ अर्ब ६३ करोड ९ लाख ५३ हजार ५ सय ४१ रुपैयाँ रहेको छ । संस्थाको जगेडा तथा अन्य कोषमा २१ करोड ९३ लाख ८५ हजार ९ सय १४ रुपैयाँ रहेको छ ।

कुल १ अर्ब ८२ करोड २७ लाख ९८ हजार ७ सय ९३ रुपैँया ऋण लगानी गरेको सहकारी संस्थामा २७ हजार ६ सय ८ जना शेयर सदस्य र १० हजार ३ सय ३५ जना बाल सदस्य रहेका छन् । जनसचेतन साकोसको गत आर्थिक वर्षको तुलनामा ६ दशलमव २० प्रतिशतले आम्दानी बृद्धि भएको छ ।

योसँगै संस्थाको कुल आम्दानी २६ करोड ७१ लाख ६१ हजार ८ सय १० रुपैँया पुगेको छ । आम्दानीसँगै खर्च पनि गत आर्थिक वर्षको तुलनामा १२ दशमलव ७ प्रतिशतले बृद्धि भएको जनसचेतन साकोसले जनाएको छ । संस्थाका अनुसार २४ करोड ८५ लाख ५३ हजार ५ सय ७६ रुपैँया खर्च भएको हो ।

हाल संस्थाको ३० औं वार्षिक साधारण सभा एकाइगत रुपमा जारी छ । कात्र्तिक १७ गतेबाट सुरु भएको साधारण सभा २२ गतेसम्म सञ्चालन हुने संस्थाले जनाएको छ ।

प्रकाशित : १९ कार्तिक २०८०, आईतवार १७:३९