कांग्रेसका सबै सांसदले १५ दिनको तलव भूकम्प पीडितलाई दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थ राजनीति

कांग्रेसका सबै सांसदले १५ दिनको तलव भूकम्प पीडितलाई दिने



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा सांसदहरूको १५ दिनको पारिश्रमिक भूकम्पपीडितहरूलाई दिने भएको छ ।

सभापतिसमेत रहेका संसदीय दल नेता शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बसेको संसदीय दल बैठकले संघीय सांसदहरूको आधा महिनाको पारिश्रमिक भूकम्पपीडितलाई दिने निर्णय गरेको हो ।

‘भूकम्पपीडितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि संघीय संसदमा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूले १५ दिन बराबरको पारिश्रमिक सहयोग स्वरूप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय भएको छ,’ प्रमुख सचेतक रमेश लेखकले भने ।

प्रतिनिधि सभामा कांग्रेसका ८८ जना र राष्ट्रिय सभामा १० जना सांसद छन् । सांसदको तलब ५५ हजार दुई सय ३० रुपैयाँ छ । ९८ जना कांग्रेस सांसदको आधा महिनाको पारिश्रमिक २७ लाख रुपैयाँ हुन आउँछ । यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसले यसअघि ५० लाख रुपैयाँ सरकारी कोषमा सहयोग गर्ने निर्णय गरिसकेको थियो ।

प्रकाशित : १९ कार्तिक २०८०, आईतवार १७:०३