मञ्जुश्री फाइनान्सको नाफामा सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मञ्जुश्री फाइनान्सको नाफामा सुधार



काठमाडौं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले ८ करोड २७ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको तुलनामा १६.३६ प्रतिशत धेरै हो ।

गत वर्षको यसैअवधिमा यसले ७ करोड ११ लाख ३७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यस अवधिसम्म मञ्जुश्रीको खुद ब्याज आम्दानी १०.७८ प्रतिशतले बढेर १८ करोड ९५ लाख रुपैंया पुगेको छ । यता सञ्चालन नाफा पनि १६.८४ प्रतिशतले बढेर ११ करोड ८७ लाख ३६ हजार रुपैंया पुगेको छ ।

हाल यसको चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ रहेको छ भने रिजर्भमा ७५ करोड ७३ लाख रुपैयाँ जम्मा छ । यस फाइनान्सको एनपीएल बढेर २.८५ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ५० पैसा छ । प्रतिसेयर नेटवर्थ भने १५८ रुपैयाँ १० पैसा देखिएको छ ।

प्रकाशित : १९ कार्तिक २०८०, आईतवार १६:०६