राष्ट्रिय सहकारी बैंकको साधारण सभा मंसिर ३० गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

राष्ट्रिय सहकारी बैंकको साधारण सभा मंसिर ३० गते



काठमाडौं । राष्ट्रिय सहकारी बैंकको २०औं वार्षिक साधारण सभा मंसिर ३० गते हुने भएको छ । कार्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सातै प्रदेशमा एकैदिन साधारण सभा गर्ने निर्णय गरेको हो ।

साथै साधारण सभाको एकाइ बैठकका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने सभा (केन्द्रीय) पौष ६ गते काठमाडौंमा हुने भएको छ । साधारण सभाका १३ वटा एजेण्डाहरु रहेका छन् ।

साधारण सभाका अन्य कोषको रकम जगेडा कोषमा स्थानान्तरण गर्ने, विनियम संशोधन, कार्यविधिहरु थप तथा संशोधन, केन्द्रीय कार्यालय स्थानान्तरण, नियमनकारी निकायको निर्देशन लगायत १३ वटा एजेण्डाहरु रहेका छन् ।

प्रकाशित : १९ कार्तिक २०८०, आईतवार १४:३१