धनतेरस लक्षित सुन र चाँदीका सिक्का बिक्री सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धनतेरस लक्षित सुन र चाँदीका सिक्का बिक्री सुरु



काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ । राष्ट्र बैंक टक्सार महाशाखाले आइतबारदेखि असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको हो ।

राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ । यस्तै सुनका असर्फी १० ग्राम, ५ ग्राम र २.५ ग्रामको बिक्रीमा ल्याएको केन्द्रीय बैंकले जनाएको छ ।

चाँदीको सिक्का १० ग्रामको मूल्य १६ सय रुपैयाँ र २५ ग्रामको ४ हजार रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । चाँदीको सिक्का १० ग्राममा लक्ष्मी, गणेश, गजलक्ष्मी र गाईको चित्र अंकित रहेको केन्द्रीय बैंकले जनाएको छ।

सुनको असर्फी १० ग्रामको १ लाख २ हजार ३६८ रुपैयाँ, ५ ग्रामको ५१ हजार १८३ रुपैयाँ र २.५ ग्रामको २५ हजार ५९२ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । सुनको असर्फीको मूल्य हरेक दिन परिमार्जन हुनेछ ।

प्रकाशित : १९ कार्तिक २०८०, आईतवार १२:४८