काठमाडौं १८ फागुन । सरकारले आजबाट २० वर्षभन्दा पुराना सवारीसाधन संचालमा पूर्ण रुपमा बन्देज लगाएको छ । सरकारको नीति अनुरुप २० वर्षे सवारीसाधन हटाउन सुरु गरेको हो । पुराना सवारीसाधनबाट बढी प्रदुषण तथा दुर्घटना हुने हुनाले त्यस्ता सवारीसाधन हटाउने अभियान चलाइएको यातायता व्यवस्था विभागले जनाएको छ ।
नेपालमा कति जति २० वर्षभन्दा पुराना सवारीसाधन संचालनमा छन् भन्ने यकिन तथ्याङ्क यातायात व्यवस्था विभागसँग समेत छैन । तर, यो व्यवस्थाले २० वर्षभन्दा पुराना कम्तीमा २ हजार ५ सय सवारीसाधन विस्तापित हुने विभागको भनाई छ ।
१८ फाल्गुन २०७३, बुधबार ०५:३७
Comment