प्रथम त्रैमासमा वाणिज्य बैंकहरुको खराब प्रदर्शन, अधिकांश वित्तीय सूचकमा पहिरो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रथम त्रैमासमा वाणिज्य बैंकहरुको खराब प्रदर्शन, अधिकांश वित्तीय सूचकमा पहिरो



काठमाडौं । नेप्सेमा सूचीकृति २० वटा बाणिज्य बैंकहरुले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरण अनुसार अधिकांश बैंकहरुको खुद नाफा घटेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुले १३ अर्ब ४७ करोड २० लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा १८.६० प्रतिशतले कमी हो ।

गत वर्षको सोही अवधिमा यी बैंकहरुले १६ अर्ब ५५ करोड ७ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएका थिए। चौथो त्रैमाससम्म आइपुग्दा वटा बै‌कको ८ वटा बैंकको नाफा बढेको छ भने १२ वटा बैंकको नाफा घटेको छ।

पहिलो त्रैमास अर्थात(असोजमसान्त)सम्म सबैभन्दा धेरै नाफा कमाउनेमा हिमालयन बैंक रहेको छ भने दोस्रोमा प्रभु बैंक रहेको छ । हिमालयन बैंकको ९८.३५ प्रतिशत बढेर १ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ । यस्तै, प्रभु बैंकले ४६.७० प्रतिशत बढाएर १ अर्ब ३ करोड ४३ लाख रुपैयाँ नाफा गरेको छ ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३३.४६ प्रतिशत बढाएर १ अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ । जुन पहिलो त्रैमासमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा गरेर नम्बर वान बनेको छ ।

यस्तै, प्राइम बैंकले ३१.७३ प्रतिशत बढाएर १ अर्ब १५ करोड रुपैयाँ, एनएमबि बैंकले ६.५३ प्रतिशत बढाएर ९६ करोड ३२ लाख रुपैयाँ नाफा गरेको छ ।

यस्तै, ग्लोबल आइएमई बैंकले ३.०४ प्रतिशत बढाएर १ अर्ब २२ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ प्रतिशत बढाएर ८२ करोड ७७ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले २०.१८ प्रतिशत बढाएर ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।

असोज मसान्तसम्ममा कृषि विकास बैंकको नाफा ऋणात्मक रहेको छ । बैंकले ८८ करोड ८० लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको छ । गत वर्षको असोज मसान्तसम्म बैंकले २२ करोड रुपैयाँ नाफा गरेको थियो ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ३१.०३ प्रतिशत घटेर ८५ करोड ९८ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ४२.४९ प्रतिशत घटेर १ अर्ब १ करोड रुपैयाँ, कुमारी बैंकको ७३.६४ प्रतिशत घटेर २६ करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।

गत असोज मसान्तसम्म लक्ष्मी सनराइज बैंकको नाफा ७९.५३ प्रतिशत घटेर १० करोड ३० लाख रुपैयाँ र नेपाल बैंकको ७६.४३ प्रतिशत घटेर १४ करोड २३ लाख रुपैयाँ, खुद नाफा गरेका छन् ।

प्रकाशित : १७ कार्तिक २०८०, शुक्रबार १३:२१