नबिल बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नबिल बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्याे



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नबिल बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । यसअवधिमा बैंकको खद नाफा ६.५१ प्रतिशतले घटेर १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने १३.५१ प्रतिशतले बढेर ४ अर्ब १७ करोड ३९ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।

खुद ब्याज अम्दानी बढे पनि सञ्चालन नाफा घटेको र इम्पेयरमेन्ट चार्ज बढेकाले खुद नाफा प्रभावित हुन पुगेको हो । सञ्चालन नाफा ४.६८ प्रतिशतले घटेर २ अर्ब १२ करोड ६१ लाख रुपैयाँ कायम भएको छ ।

गत वर्ष यसैअवधिमा ९९ करोड ३४ लाख १३ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब ११ करोड १६ लाख ६७ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा ०.५४ प्रतिशतले बढेर १.५८ प्रतिशत पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी २७ अर्ब ५ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७० पैसाल घटेर २१ रुपैयाँ ३१ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ १७ पैसा छ ।

प्रकाशित : १७ कार्तिक २०८०, शुक्रबार १२:१६