माछापुच्छ्रे बैंकको खुद नाफा २०.१८ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकको खुद नाफा २०.१८ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकको खुद नाफा २०.१८ प्रतिशतले बढेर ५४ करोड २२ लाख ३९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४५ करोड ११ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने ३.९५ प्रतिशतले घटेर १ अर्ब ४१ करोड २२ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष २९ करोड ३० लाख ३७ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ करोड २२ लाख ८९ हजार रुपैयाँमा आएको छ ।

सञ्चालन नाफा २१.६५ प्रतिशतले बढेर ७८ करोड ३५ लाख ११ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा माछापुच्छ्रे बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ छ । यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ १३ पैसाले बढेर १८ रुपैयाँ ६६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ७७ पैसा छ ।

प्रकाशित : १७ कार्तिक २०८०, शुक्रबार ११:०३