एक करोड भन्दा बढि रकम हिनामिना गरेको भन्दै तपाई हाम्रो बहुउद्देश्यीय र माता पाथीभरा सहकारी विरुद्ध उजुरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एक करोड भन्दा बढि रकम हिनामिना गरेको भन्दै तपाई हाम्रो बहुउद्देश्यीय र माता पाथीभरा सहकारी विरुद्ध उजुरी



काठमाडौं । पर्वतको कुश्मा बजारमा संचालित दुई सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै कारबाहीको लागि उजुरी दिएका छन् । कुश्मा नगरपालिका वडा नं. ६ स्थित तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठ र कुश्मा–४ मा संचालित माता पाथीभरा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ विरुद्ध ८ जना बचतकर्ताको एक करोड भन्दा बढि रकम हिनमिना गरेको भन्दै लिखित उजुरी दिएका हुन् ।

कुश्मा नगरपालिका वडा नं- ६ स्थित तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठ र कुश्मा–४ मा संचालित माता पाथीभरा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ विरुद्ध अर्जुन कुमार श्रेष्ठसहित,शकुन्तला कुमारी श्रेष्ठ ,जुनी कुमारी तुलाचन, ललित तुलाचन सुसिला थापा लगायत आठ जना बचतकर्ताको एक करोड भन्दा बढि रकम हिनमिना गरेको भन्दै लिखित उजुरी दिएका छन् । उनीहरु एकै घरका दुई दाजुभाई हुन् ।

पीडितहरुले आफुले बचत गरेको रकमको सावाँ व्याज नपाएपछि कुश्मा नगरपालिका र जिल्ला प्रहरी कार्यालय हुँदै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशमा उजुरी हालेका हुन् ।

आफ्नो बचत फिर्ता माग्न भनि संस्थामा मौखिक कुराकानी गर्दा संस्थाका जिम्मेवार व्यक्तिहरुले आनाकानी गरी रकम भुक्तानी गर्न आलटाल गरेकाले उक्त साँवा रकम र हालसम्मको व्याज हिसाब किताब भुक्तानीका लागि लिखित रूपमा निवेदन दिदा निवेदन बुझ्न अस्वीकार गरेको पिडितको आरोप छ ।

पिडितले जिल्ला सहकारी संघ पर्वतमा निवेदन दिँदा पनि कुनै कारवाही र पहल नभएकोले गत चैत्र १७ कुश्मा नगरपालिका कार्यालयमा निवेदन दिएकोमा हालसम्म पनि कुनै कार्वाही नभएकोले पुन निवेदन पेस गरेको भनाई छ ।

उक्त संस्थाका अध्यक्ष लगायतका पदाधिकारीले आफु जस्ता कयौँ आम सर्वसाधारणलाई आकर्षक ब्याज दिने विश्वास दिलाई, फकाई, झुक्याई बचत र आवधिक बचत संकलन गर्ने र संकलित रकम सहकारी संस्थाको मान्यता र सिद्धान्त एवं सहकारी ऐन र नियमावली एवं संस्थाकै विनियम विपरित जमानत वा सुरक्षण नराखी ऋण लगानी गर्ने, संस्थाको रुपैयाँ लगानी गर्ने र सो वापत ऋणिवाट संस्थाका अध्यक्ष तथा पदाधिकारीका व्यक्तिगत नाउंमा घर जग्गा राजिनामा लिने, संस्थाको रूपैयां कल कजा जस्तो मिटर व्याजमा रकम दिने र सो बाट प्राप्त मोटो ब्याज र कमिसन संस्थाका अध्यक्ष तथा पदाधिकारी एवं सदस्य र प्रबन्धकले राख्ने खाने जस्ता कार्य गरी बेईमानीपूर्वक संस्थालाई धरासायी बनाएर आफुहरुलाई आर्थिक हानी पुर्याएका पडितको आरोप छ।

बचतकर्ताहरुले दुई दाजुभाईलाई कार्यालयमा झिकाई सरकारी ऐन र सहकारी नियमावली एवं प्रचलित कानून बमोजिम संस्थाका पदाधिकारीका नाममा रहेको चल, अचल सम्पति रोक्का गर्ने र आवश्यक कानूनी कार्बाही गरी हालसम्मको बचत निक्षेप र सोको नियमानुसारको व्याज हिसावकिताव गरी एकमुष्ठ रकम फिर्ता तथा भुक्तानीको माग गरिरहेका छन् ।

प्रकाशित : १६ कार्तिक २०८०, बिहीबार १७:०६