नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रिमा, प्रतिकित्ता कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रिमा, प्रतिकित्ता कति ?



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर कात्तिक १६ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ। कम्पनीले विशाल ग्रुपको नाममा रहेको पाँच लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरु र अन्य संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७७ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम दुई लाख कित्ता सेयरका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ।

इच्छुक लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौको थापाथलीस्थित कार्यालयमा खरिद आवेदन पेस गर्नुपर्नेछ। आवेदन दिने अन्तिम मिति कात्तिक २० गतेसम्म तोकिएको छ।

प्रकाशित : १६ कार्तिक २०८०, बिहीबार १२:११