लुम्बिनी विकास बैंकको ३७ हजार ३१९ कित्ता संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लुम्बिनी विकास बैंकको ३७ हजार ३१९ कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । लुम्बिनी विकास बैंकले ३७ हजार ३१९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौमा निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

प्रकाशित : १५ कार्तिक २०८०, बुधबार १२:२१