२७.१५ प्रतिशतले बढ्याे ग्लोबल आइएमई लघुवित्तकाे नाफा, प्रतिसेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

२७.१५ प्रतिशतले बढ्याे ग्लोबल आइएमई लघुवित्तकाे नाफा, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको नाफा २७.१५ प्रतिशतले बढेर तीन करोड ४० लाख रुपैयाँ पुगेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको रिपोर्टले यस्तो देखाएको हो ।

गत वर्षको यसैअवधिमा यसले दुई करोड ६७ लाख रुपैयाँ कामाएको थियो । यसअवधिमा सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेकाले पनि कम्पनीको नाफामा बृद्धि भएको हो ।

यसअवधिमा सञ्चालन नाफा १३.८५ प्रतिशतले बढेर १५ करोड ५७ लाख ५८ हजार रुपैंया पुगेको छ भने, खुद ब्याज आम्दानी २६.७४ प्रतिशतले बढेर चार करोड ८६ लाख रुपैंया पुगेको छ । हाल यसको चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा भने ५० करोड ४३ लाख रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी रुपैयाँ २१ रुपैयाँ ९८ पैसा (वार्षिक) रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ५ पैसा छ । ग्लोबल आइएमईको खराब कर्जा भने २.७३ प्रतिशतबाट बढेर ४.७६ प्रतिशत पुगेको छ ।

प्रकाशित : १५ कार्तिक २०८०, बुधबार ११:४४