मुद्दति निक्षेपमा १७ करोड ६७ लाख लगानी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुद्दति निक्षेपमा १७ करोड ६७ लाख लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १७ करोड ६७ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १४ करोड १४ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २ करोड ६५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ८८ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

उक्त रकम आउँदो मंसिर ४ गतेदेखि २०८१ मंसिर ३ गतेसम्म ३६५ दिनका लागि मुद्दति निक्षेपमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ। इच्छुक बैंकले कात्तिक १४ गते राती १२ बजेभित्र ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।

आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ । यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका शर्त केन्द्रीय बैंकले तोकेको छ ।

प्रकाशित : १३ कार्तिक २०८०, सोमबार ११:५६