दुई लघुवित्तले पायो मर्जरको अन्तिम स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुई लघुवित्तले पायो मर्जरको अन्तिम स्वीकृति



काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जरलाई अन्तिम स्वीकृति दिएकाे छ। केन्द्रीय बैंकले गत कात्तिक ३ गते पत्र पठाउँदै यी दुवै लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो।

यी दुवै लघुवित्तबीच गत पुस १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। दुवै लघुवित्तको गत वैशाख १० गते आयोजित विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृति गरिसकेको छ।

यी दुवै लघुवित्त १ः१ सेयर स्वाप रेसियोमा मर्ज हुन लागेका हुन्। मर्जरपश्चात संस्थाको नाम ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ र संस्थाको रजिस्र्टर्ड कार्यालय काभ्रेको बनेपामा तथा कर्पोरेट कार्यालय काठमाण्डौ उपत्यकाभित्र काठमाण्डौ र ललितपुर महानगरपालिकाबाहिर रहनेछ।

प्रकाशित : 29 October, 2023 4:51 pm