पूर्वराजा ज्ञानेन्द्रको ब्यग्य: छिनछिनमा भुइँचालो गइरहेको छ, सचेत रहनु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थ राजनीति

पूर्वराजा ज्ञानेन्द्रको ब्यग्य: छिनछिनमा भुइँचालो गइरहेको छ, सचेत रहनु



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन् । मंगलबार महाराजगञ्जस्थित निर्मल निवासमा नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणहरुलाई टिका लगाइदिँदै पूर्वराजा शाहले यस्तो बताएका हुन । उनले व्यंग्यात्मक रुपमा देशमा भइरहेका गतिविधिप्रति लक्षित गर्दै छिनछिनमा भुइँचालो गइरहेकाले विचार गरेर बस्न आग्रह गरे ।

उनले भने, ‘सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा दशैंको शुभकामना दिन चाहन्छु । धेरै भन्नुपनि हुँदैन, सप्तमीको दिनमा भनेको छु । हामीले पाठ पनि सिक्नुपर्नेछ । छिनछिनमा भुइँचालो पनि आइरहेको छ । विचार गर्नुस् ।’

पूर्वराजा शाहले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा सम्पूर्ण नेपालीहरुमा दशैंको शुभकामना दिए । उनले यसअघि अपरान्ह पौने चार बजेबाट आम सर्वसाधारणलाई दशैंको टिका लगाइदिएका थिए ।

पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणहरुको लाइन लागेको थियो । त्यस अवसरमा उनको हातबाट टीका ग्रहण गर्ने सर्वसाधरणको भीड लागेको थियो । पूर्वराजा शाहले हरेक वर्ष वडा दशैंको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन् ।

प्रकाशित : ७ कार्तिक २०८०, मंगलवार १९:५७