काठमाडौं । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले असोज महिनाको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यस अवधिमा संस्थाको एक अर्ब १ करोड ६४ लाख ५३ हजार बचत रहेको छ ।
साथै, एक अर्ब १ करोड ९१ लाख २७ हजार रुपैंया कर्जा लगानी गरेको छ । यस अवधिसम्म संस्थाको सेयर पूँजी ११ करोड २८ लाख २४ हजार रुपैया रहेको छ । कूल संस्थागत पूँजी भने १३ करोड ३० लाख २८ हजार रुपैया रहेको जनाएको छ ।
त्यस्तै, एक अर्ब ३३ करोड ३८ लाख २१ हजार रुपैया कूल सम्पत्ति रहेको संस्थाको जगेडा कोषमा १३ करोड ६ लाख ३१ हजार रुपैया तथा एक करोड ९३ लाख १ हजार रुपैयाँ अन्य विभिन्न कोषमा रहेको जनाइएको छ ।
संस्थामा भदौ मसान्तसम्म २६.१३ प्रतिशत अर्थात २६ करोड ५५ लाख ८० हजार रुपैया तरलता रहेको जनाएको छ । नौँ हजार ५२१ जना सदस्य रहेको संस्थामा ८८६ जना ऋणी सदस्य रहेको संस्थाले प्रकाशन गरेको विवरणमा उल्लेख छ ।
Comment