ललितपुरको लेलेमा २८ वटा बङ्गला बन्दै, ५१ रोपनीको कोलोनीमा बङ्गला र घडेरी बुकिङ गर्नेलाई उपहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ललितपुरको लेलेमा २८ वटा बङ्गला बन्दै, ५१ रोपनीको कोलोनीमा बङ्गला र घडेरी बुकिङ गर्नेलाई उपहार



काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका ५ स्थित लेलेमा हेरिटेज हेभन हिल्स कोलोनीले बङ्गला तथा घडेरीको बुकिङ खुलाएको छ ।

ललितपुरको सातदोबाटोबाट १३ किलोमिटर दुरीमा रहेको लेले बसपार्क नजिकै ५१ रोपनी क्षेत्रफलमा कोलोनीको काम गरिरहेको कम्पनीले घर तथा घडेरीको बुकिङ खुल्ला गरेको जनाएको छ ।

लेले बसपार्कबाट २ सय मिटर भित्र पर्ने उक्त कोलोनी द पीएम ग्रुप अफ कम्पनी र युवा विकासको सहकार्यमा निर्माण भईरहेको छ । सरकारी मापदण्ड अनुसार २० फिट र १६ फिटको सडक पहुँच भएको कोलोनीमा १३० वटा घडेरी तयार गरिएकोमा २८ वटा अढाई तल्लाका बङ्गला र १०२ वटा घडेरी बिक्री गर्न लागिएको हेरिटेज हेभन हिल्सले जनाएको छ ।

बङ्गला तथा घडेरी बुकिङ भईरहेको जनाएको कम्पनीले दसैँ तथा तिहारमा बुकिङ् गर्नेहरूका लागि विभिन्न किसिमका अफरहरू पनि सञ्चालन गरेको छ ।

दसैँमा बैना वा पास गर्नेहरूले विशेष छुट र लक्की ड्र मार्फत टाटाको नेक्सन कार जित्न सक्ने जनाएको कम्पनीले जग्गा खरिदकर्तालाई जग्गा बैना गरेकै समयमा एउटा आइफोन १४ प्रो म्याक्स उपहारमा दिने बताइएको छ ।

टिकटकमा भिडियो बनाउनेहरूलाई पनि ५ देखि १५ हजारसम्म नगद पुरस्कार दिइने कम्पनीले जनाएको छ ।

सरकारको मापदण्ड बमोजिम न्यूनतम चार आना दुई दामदेखि माथिका घडेरीहरू उपभोक्ताका लागि उपयुक्त हुने जनाएको कम्पनीले चार आना दुई दाममा बन्ने अढाई तल्ले बङ्गलाको मूल्य १ करोड २५ लाख रुपैयाँ तोकेको छ भने प्रतिआना १२ लाख ९९ हजारदेखि १५ लाख ५० हजार रुपैयाँको दरमा दरमा घडेरी किन्न सकिनेछ ।

५ वर्षसम्मका लागि ५५ प्रतिशतसम्म फाइनान्सिङ सुविधामा बङ्गला तथा घडेरी खरिद गर्ने व्यवस्था गरिएको जनाएको कम्पनीले वैदेशिक रोजगारीमा भएकाहरूलाई ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध गराउने जनाएको छ । जग्गा खरिद गर्नेलाई दुई वर्षभित्र डेढी मूल्यमा जग्गा रिटर्न ब्याक ग्यारेन्टी गरिने दाबी पनि कम्पनीले गरेको छ ।

प्रकाशित : २ कार्तिक २०८०, बिहीबार १४:४०