एनएमबि बैंकले पायो २० मिलियन अमेरिकी डलर ऋण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनएमबि बैंकले पायो २० मिलियन अमेरिकी डलर ऋण



काठमाडौं । एनएमबि बैंकले २० मिलियन अमेरिकी डलर ऋण प्राप्त गरेको छ । कम्पनीले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्‍याउने उद्देश्यले अन्तरराष्ट्रिय साझेदार डच इन्टरप्रेन्युरल डेभलपमेन्ट बैंक (एफएमओ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको हो ।

कम्पनी र एफएमओ बीचको यो साझेदारीमा प्राप्त १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम साना तथा मझौला उद्यम विकास र प्रबर्दनको लागि प्राप्त भएको जनाइएको छ।

कम्पनीले हाल देशभरी २०१ वटा शाखाहरुमार्फत सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित : १ कार्तिक २०८०, बुधबार १३:०२