दुई महिनामा वाणिज्य बैंकहरुले कमाए १६ अर्ब ६४ करोड माथि, पहिलाेमा ग्लोबल आईएमई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दुई महिनामा वाणिज्य बैंकहरुले कमाए १६ अर्ब ६४ करोड माथि, पहिलाेमा ग्लोबल आईएमई



काठमाडौं । वाणिज्य बैंकहरुले १६ अर्ब ६४ करोड ८६ लाख ९० हजार रुपैंया नाफा कमाएका छन्। बैंकहरुले चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामै सो बराबरको खुद नाफा कमाएका हुन् ।

गत साउन महिनामा पनि वाणिज्य बैंकहरुले आठ अर्ब ५२ करोड २४ लाख ९८ हजार रुपियाँ नाफा कमाएका थिए ।

यस अवधिमा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकले नाफा कमाउन सफल भएको छ । साथै, यस अवधिमा नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंकले भने सबैभन्दा कम खुद नाफा आर्जन गरेका छन् ।

ग्लोबल आईएमई बैंकले एक अर्ब ७५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै नबिल बैंकले एक अर्ब ५६ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब ४८ करोड, हिमालयन बैंकले एक अर्ब २३ करोड, र कुमारी बैंकले एक अर्ब १४ करोड खुद नाफा कमाएको छ । यी ५ बैंकले अर्ब बढी नाफा कमाएका हुन् ।

त्यस्तै कम नाफा आर्जन गर्ने नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंकको भने खुद नाफा क्रमश: २७ करोड २९ लाख र ३७ करोड ६३ लाख रहेको छ । त्यस्तै सिटिजन्स बैंकले ४४ करोड ३१ लाख तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४८ करोड ४५ लाख खुद नाफा कमाएको छ । अन्य बैंकको खुद नाफा भने ५० करोड माथि रहेको छ ।

दुई महिनामा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकले १ अर्ब ७५ करोड ५८ लाख रुपियाँ नाफा कमाएको छ । त्यस्तै नबिल बैंकले १ अर्ब ५६ करोड ४५ लाख र नेपाल इन्भेष्टमेण्ट मेगाले १ अर्ब ४८ करोड ६५ लाख रुपियाँ नाफा कमाएका छ ।

दुई महिनाको अवधिमा अर्ब बढी नाफा कमाउनेमा हिमालयन र कुमारी बैंक पनि छन् । सबैभन्दा कम नाफा कमाउनेमा नेपाल एसबीआई बैंक छ । उक्त बैंकले दुई महिनामा २७ करोड २९ लाख रुपियाँमात्रै नाफा कमाएको राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित : १ कार्तिक २०८०, बुधबार १२:२०