हाम्रो साकोसको २५औं साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हाम्रो साकोसको २५औं साधारण सभा सम्पन्न



काठमाडौं : ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभा एकाइगत रुपमा सम्पन्न भएको छ ।

संस्थाको २५औं वार्षिक साधारण सभा अन्तर्गत पहिलो एकाइ सभा असोज २० गते उद्घाटन भएको थियो । पहिलो एकाइ सभा संस्थाका अध्यक्ष शम्भु प्रसाद फुयालको अध्यक्षता एवं महाँकाल गाउँपालिकाका अध्यक्ष गणेश बहादुर केसिको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै दोस्रो एकाई तथा समापन कायक्रम असोज २७ गते (शनिबार) सम्पन्न भएको छ । उक्त कार्यक्रम संस्थाका अध्यक्ष शम्भु प्रसाद फुयालको अध्यक्षता एवं नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका अध्यक्ष परितोष पौड्यलाको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त साधारण सभाबाट सञ्चालक समितिबाट प्रस्तुत प्रतिवेदनहरु, लेखा सुपरिवेक्षण समितिबाट प्रस्तुत प्रतिवेदन , लेखा परिक्षण प्रतिवेदनसहित सञ्चालक समितिबाट प्रस्तुत प्रस्तावहरु पारित भएका छन् ।

२०८० असार मसान्तसम्मा संस्थाको सदस्य संख्या ७०३० जना, शेयर पूँजी १६ करोड, संस्थागत पूँजी १४ करोड, बचत ११४ करोड, ऋण लगानी १२६ करोड र कुल सम्पती १७२ करोड पुगेको छ।

प्रकाशित : 17 October, 2023 10:07 pm