मेगा बैंकसंग बिलय हुने  टुरिजमलाई सतप्रतिशत हकप्रद गर्न अनुमती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

 मेगा बैंकसंग बिलय हुने  टुरिजमलाई सतप्रतिशत हकप्रद गर्न अनुमती



काठमाडाै १६  फागुन । मेगा बैंकसँग बिलय हुन लागेको टुरिजम डेभलपमेन्ट बैंकले १००% हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको छ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले टुरिजमलाई १ः१ (एक कित्ता सेयर बराबर थप एक कित्ता) अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । टुरिजमले ९१ करोड ९७ लाख ७१ हजार २०० रुपैयाँको ९१ लाख ९७ हजार सात सय १२ कित्ता सेयर बिक्री खुला गर्नेछ । टुरिजमको बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । बोर्डबाट अनुमति पाइसकेकाले बैंकले अब केही समयभित्रै हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउनेछ ।

प्रकाशित : १६ फाल्गुन २०७३, सोमबार ०५:४३