विकास बैंकहरुले पनि घटाए ब्याजदर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विकास बैंकहरुले पनि घटाए ब्याजदर



काठमाडौं । कात्तिक महिनाको लागि विकास बैंकहरुले पनि ब्याजदर घटाएका छन् । सार्वजनिक ब्याजदर अनुसार सबै बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर असोजको तुलनामा घटेको हो।

उनीहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा १०.२५ प्रतिशत र संस्थागतमा ८.२५ प्रतिशत ब्याजदर कायम गरेका छन्। असोजमा विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ११ प्रतिशत र संस्थागतमा ९ प्रतिशत ब्याज दिँदै आएका छन्।

प्रकाशित : ३० आश्विन २०८०, मंगलवार १०:५९