कार्तिकका लागि अधिकांश वाणिज्य बैककाे ब्याजदर घट्याे, कुनकाे कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कार्तिकका लागि अधिकांश वाणिज्य बैककाे ब्याजदर घट्याे, कुनकाे कति ?



काठमाडौं । कात्तिक महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर असोजको तुलनामा घटेको छ । कतिपय बैंकले भने असोजकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनदेखि बैंकहरुले फरक फरक ब्याजदर निर्धारण गर्दै आएका छन् ।अघिल्ला महिनामा ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेर ब्याजदर बढाएका अधिकांश बैंकहरुले कात्तिक महिनाको लागि घटाएर ब्याजदर सार्वजनिक गरेका छन्।

सार्वजनिक ब्याजदरअनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १४ वाणिज्य बैंककाे अघिल्लो महिनाको तुलना ब्याजदर घटेका छ । २ बैंकको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढेको छ भने, ४ वटा बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सबैभन्दा धेरै ब्याजदर दिनेमा हिमालयन बैंक र एनएमबि बैंक रहेका छन् । यी दुवै बैंकले कात्तिकको लागि मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याजदर दिने जनाएका छन् ।

एभरेष्ट बैंकले कात्तिकमा १.८३ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि असोजमा बैंकले ब्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याज प्रदान गरिरहेको थियो ।

यस्तै, प्राइम कमर्सियल बैंकले कात्तिकमा १.१० प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.३५८ प्रतिशत र संस्थागततर्फ ९.३५८ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, नबिल बैंकले कात्तिकमा १.०५४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कात्तिकमा १.०२ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.०३ प्रतिशत र संस्थागततर्फ ९.०३ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, प्रभु बैंकले कात्तिकमा ०.७७६ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको थियो । ग्लोबल आइमई बैंकले कात्तिकमा ०.५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १०.५ प्रतिशत र संस्थागततर्फ ८.५ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, कृषि विकास बैंकले कात्तिकमा ०.२५१ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १०.०११ प्रतिशत र संस्थागततर्फ ८.०११ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, कुमारी बैंकले कात्तिकमा ०.१ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १०.११ प्रतिशत र संस्थागततर्फ ८.११ प्रतिशत ब्याजदर तोकेको थियो । सिटिजन्स बैंकले कात्तिकमा ०.०९ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.९६ प्रतिशत र संस्थागततर्फ ७.९६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १०.०५ प्रतिशत र संस्थागततर्फ ८.०५ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले कात्तिकमा ०.७ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ९.२९ प्रतिशत र संस्थागततर्फ ६.२९ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, नेपाल बैंकले कात्तिकमा ०.०६९ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ९.२९३ प्रतिशत र संस्थागततर्फ ७.२९३ प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, हिमालयन बैंकले कात्तिकमा ०.०५१ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, एनआईसी एशिया बैंकले कात्तिकमा ०.०५१ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याजदर तोकेको थियो ।

कात्तिकमा माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थीर राखेका छन् भने नेपाल एसबिआई बैंक र एनएमबि बैंकले भने सामान्य बढाएका छन् ।

यस्तै, माछापुच्छ्रे बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ब्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर तोकेका छन् ।

यस्तै, नेपाल एसबिआई बैंकले कात्तिकमा ०.७ प्रतिशत बढाएर ब्यक्तिगततर्फ १०.७ प्रतिशत र संस्थागततर्फ ८.७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, एनएमबि बैंकले कात्तिकमा १.०१३ प्रतिशत बढाएर ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर तोकेको थियो ।

प्रकाशित : ३० आश्विन २०८०, मंगलवार १०:३९