भ्लादिमिर पुटिनको सम्पति कति छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

कर्पोरेट

भ्लादिमिर पुटिनको सम्पति कति छ ?



एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन  विश्वको शक्तिशाली व्यक्ति रुपमा चिनिन्छन ।  तर अब उनको पहिचान बदलिएको छ । तपाइलाई यो खबर सुनेर अचम्म नि लाग्न सक्छन । अब रुसी राष्ट्रपति भ्लादिमर पुटिन विश्वको सबै भन्दा धनी व्यक्तीको रुपमा उदाउने तयारीमा छन् । तपाईलाई लाग्ला विश्वको सबै भन्दा धनी त माइक्रोसफ्टका बिल गेट्स हुन । तर फोब्र्सको सूचीमा समावेश नभएपनि उनी भन्दा धनी मानिस रुसी राष्ट्रपति भ्लादिमर पुटिनहुन सक्ने विज्ञहरुले बताएका छन् । विज्ञहरुका अनुसार उनीसँग २०० अर्ब डलरको उनि सम्पत्ति छ ।

फोब्र्सका अनुसार आधिकारिक रुपमा माइक्रोसफ्टका बिल गेट्स विश्वकै धनी हुन् । उनीसँग ७५ अर्ब डलरको सम्पत्ति छ । झन्डै २ दशकको अवधिसम्म सत्ताम रहेका पुटिन विभिन्न क्षेत्रमा भएको सर सामान र पैसाको आधारमा विश्वकै धनी भएको हुन सक्ने बताइएको छ ।

राजनीतिक विश्लेषक स्ट्यानस्लाभ बेल्कोभिस्कीका अनुसार २००७ मा ६४ वर्षिय पुटिनको सम्पत्ति ४० अर्ब डलर थियो । यद्यपि रुसका पूर्व कोष व्यवस्थापक तथा प्रतिवेदनका लेखक बिल ब्राउडरका अनुसार पुटिनको सम्पत्ति २०० अर्ब डलर वा सो भन्दा माथि छ । दुई दशकको अवधिमा रुसको बागडोर सम्हाल्दै आएका पुटिनले आफ्नो कार्यकालमा सम्पत्ति पनि थुपारेको उनले बताए ।

‘मलाई पुटिनको सम्पत्ति २०० अर्ब डलर भएको विश्वास छ । सत्तामा रहदाको समयमा उनले जोडेको सम्पत्ति र पैसाको परिमाण विद्यालय, सडक, अस्पताल वा यस्तै यस्तै शीर्षकमा खर्च गरिएको छैन् । उनको सबै सम्पत्ति सम्पत्ति, स्वीस बैंकको खाता, सेयर, हेज फन्ड वा यस्तै यस्तैमा लगानी भएको छ,’ ब्राउडरले बताए ।

उनी अझैसम्म पनि फोब्र्सको विश्वकै धनी मासिनमा आउनबाट छल्न सफल भएका छन् । ‘हामी व्यक्तिगत सम्पित्तिको मूल्यांकन गर्छौ, यसमा सार्वजनिक र निजी कम्पनीमा रहेको हिस्सा रियल ईस्टेट, जहाज लगायतका सामग्रीलाई पनि समावेश गरिएको छ । हामी व्यक्तिको सम्पत्ति मूल्यांकन गर्नका लागि विभिन्न  क्षेत्रमा रहेका विज्ञहरुको धारणालाई पनि समावेश गर्छौ,’ फोब्र्सले २०१५ मा उल्लेख गरेको थियो । पुटिनलाई उल्लेख नगर्दै फोब्सले भनेको छ, ‘हामी विश्वका नेताहरु विशेषगरी तानाशाह जस्ले सम्पत्ति आफ्नो सत्ताको कारण आर्जन गर्छ, उनीहरुलाई समावेश गर्दैनौ ।’

बेल्कोभ्सकीले पुटिनको धेरैजसो सम्पत्ति उनले तेलको व्यवसायबाट आर्जन गर्दै आएका छन् । रुसी राष्ट्रपतिले तेल कम्पनी सर्गुटनेफ्टेजको ३७ प्रतिशश हिस्सा लिएका छन् । उनले प्राकृतिक ग्यास कम्पनी गाजप्रोममा पनि ४.५ प्रतिशतको हिस्सा ओगटेका छन् ।

सुरुमा पुटिनको सम्पत्ति ४० अर्ब डलरको भएप नि बेल्कोभ्स्कीले उनको सम्पत्ति ७० अर्ब डलर भएको बताएका थिए । उनले विश्वस्त स्रोतको आधारमा पुटिनको सम्पत्ति ७० अर्ब डलर भएको आकलन गरेका हुन् ।

७० अर्ब डलरको सम्पत्ति भएपनि उनी फोब्र्सको सूचीमा बिल गेट्सपछिको दोस्रो धनी मानिस हुन सक्छन् । पुटिनको ओलम्पिया नाम गरेको जहाजको मूल्य तीन करोड ५० लाख डलर रहेको छ । यसले पनि उनको सम्पत्ति अन्य क्षेत्रमा रहेको पनि संकेत गरेको छ ।

प्रकाशित : १६ फाल्गुन २०७३, सोमबार ०५:३४