लघुवित्त बैंकर्स संघका अध्यक्ष भन्छन्, ‘सडकमा आन्दोलन गरेर कर्जा मिनाह हुदैन’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लघुवित्त बैंकर्स संघका अध्यक्ष भन्छन्, ‘सडकमा आन्दोलन गरेर कर्जा मिनाह हुदैन’



काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादवले कर्जा मिनाह हुनुपर्छ भनेर सडकमा आन्दोलन गर्दैमा कर्जा मिनाहा नहुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘लघुवित्त सस्थाहरु खारेजको माग गरिरहेका छन् । कर्जा मिनाह हुनुपर्छ भनेर सडकमा आन्दोलन गरिरहेका छन । सडकमा आन्दोलन गर्दैमा कर्जा मिनाह हुदैन । सडकमा आएर हुदैन, बसेर छलफल गर्नु पर्छ ।’

देश अहिले आर्थिक रुपमा मन्दिको अवस्थामा छौ । यस्तो बेला सकारात्मक सोचका साथ आफ्नो विकल्पको रुपम काम गर्नुपर्छ । वित्तीय क्षेत्र नै राम्रो संङ अगाडि बढन सकेन भने हाम्रो आर्थिक गतिको अवस्था कस्तो होला भनेर जोसुकैले सोच्न सक्ने उनको भनाइ छ ।

लघुवित्त क्षेत्रले ग्रामीण अर्थतन्त्रमा ठुलो योगदान दिएको छ । अहिले हामी ग्रामीण क्षेत्रमा धेरै कुराहरु परिवर्तन भएको अवस्था छ । लघुवित्तका कारण पर्याप्त रुपमा आर्थिक रुपमा पहुँच पुगेको छ । आर्थिक र सामाजिक रुपमा सक्षम बनाउनका लागि हामिले काम गर्नुपर्छ ।

प्रकाशित : २९ आश्विन २०८०, सोमबार १६:०९